www.myagdicci.org Goto Home Page
About Us
Board Member
General Member
Secreteriate
Notice
Contact
  नेपालीमा हेर्नुहोस्
  Myagdi CCI
  Myagdi District
  Myagdi Tourism
  Myagdi Fair Festival
  News & Events
  Myagdi Litreture
  Myagdi Mahotsav 2065

Heart full of Condolence to Late Girija Pd. Koirala

Late Girija Pd. Koirala

Myagdi Chamber of Commerce & Industries Family



 
Myagdi Chamber of Commerce and Industry
Notice Board
[PRINT] [BACK]
 
प्रेस विज्ञप्ती
जनतामा निहीत सार्वभौमसत्ता एवं सम्पन्न, शान्त र समृद्ध नयाँ नेपालको चाहना गर्दै २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन मार्फत भएको परिवर्तनलाई संस्थागत गर्न दिगो शान्तिकालागि नेपाली जनताको जनादेश प्राप्त संविधान सभाको समयसीमा टुंगिन लागेको अवस्थामा देश संबैधानिक संकट र शून्यतामा जान लागिरहेको छ। जसको कारण जनमतको ठाडै उपेक्षा हुने सम्भावना बृद्धि भै देश असफलता तर्फ उन्मूख भैरहेको छ। यस विषम परिस्थितिमा दलहरुको अस्तित्वमा दलीय राजनीति पनि धरापमा पर्ने स्थिति आएको देखिन्छ। यसबाट जातीय, क्षेत्रीय, धार्मिक एवं साम्प्रदायिक भड्काउमा मुलुक फस्ने सम्भावना पनि त्यत्तिकै छ। वर्तमान राजनैतीक गतिरोधको अन्त्यका लागि राष्ट्रिय सहमती नै आजको आवश्यकता हो भन्ने हाम्रो पनि ठहर छ।  
एकीकृत ने. क. पा. मा�"वादीले प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा माग गर्दै गत १९ गतेदेखि आब्हान गरेको अनिश्चितकालीन आमहडताल आज पाँचौ दिनसम्म आईपुग्दा जनजीवन झन्झन कष्टकर बन्दै गईरहेको छ। सामान्य जनताका आधारभूत आवश्यकताहरुको परिपूर्तिमा प्रतिकूल प्रभाव पारी दिनप्रतिदिन जनजीवन कष्टकर बन्दै गईरहेको परिप्रेक्षयमा सहमती, सहकार्य र वार्ताको प्रक्रियालाई जोड दिंदै बन्दका क्रममा तरकारी तथा फलफूल पसलमा भएको तोडफोड, न्यायालयमा गरिएको जर्बजस्ती बन्द, स्वास्थ्य क्षेत्रलाई पारिएको प्रतिकुल प्रभाव, अलपत्र तीर्थयात्री र विदेशी पर्यटकहरुको अवस्थामा मानवीय कानून र मानवताको आधारमा सामान्य जनजीवन सूचारु गर्न दिनका लागि आन्दोलनरत पक्ष एवम् त्यसलाई सहज बनाउन सरकार पक्ष एवं जनताका निम्नपक्षहरुमा महत्व दिनुहुन आन्दोलनरत एकीकृत नेकपा मा�"वादी एवं नेपाल सरकारको ध्यान आकर्षण गर्न चाहन्छौ।  
ज्ञ। अर्न्तराष्ट्रिय मानवीय कानूनको ख्याल गर्दै अत्यावश्यक उपभोग्य सामग्रीहरु दुध, तरकारी, फलफूल, खाद्यान्न    
 एवं स्वास्थ्य सेवाको सहज र खुल्ला आपूर्तिको व्यवस्था मिलाउने।  
द्द।असंख्य बालवालिकाको सुनौलो भविष्यको ख्याल गर्दौ बालवालिका र विद्यालय शान्ति क्षेत्र हो भन्ने महत्वपूर्ण यथार्थतालाई सम्मान गर्दै बन्द शैक्षिक संस्था खुलाउने वातावरण तय गर्दै विरोधको शैली र स्वरुपलाई परिवर्तन गर्न ध्यानाकर्षण गर्ने।  
घ।सत्ता र सरकार भन्दा फरक आस्था र अस्तित्व बोकेको स्वतन्त्र न्यायपालिकाको काम कार्बाहीमा आन्दोलनकारीहरुको तर्फबाट कुनै हस्तक्षेप नगरी न्यायपालिकाको काम कार्बाहीहरु सूचारु रुपले अगाडि बढ्न दिने वातावरण मिलाउने।  
द्ध।तीर्थयात्री र विदेशी पर्यटकहरु सुरक्षित गन्तव्यमा पुग्न नसकी ठाउँ ठाउँमा अलपत्र परिरहेको सन्दर्भमा उनीहरुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने वातावरण निर्माण गर्ने।  
छ।नागरिकको स्वास्थ्यप्रति संवेदनशील बन्न शुलभ �"षधी आपूर्ती, �"षधोपचार, बिरामी बोक्ने यातायातका साधनहरुलाई बेरोकतोक गन्तव्यसम्म पुग्न र घर फर्कन सहज वातावरण श्रृजना गर्ने।  
ट।विभिन्न पेशा, रोजगारीमा आबद्ध पेशाकर्मी, मजदूर, उद्योगी व्यवसायीहरुलाई सुरक्षितसाथ आ आफ्नो पेशा व्यवसायमा लाग्ने वातावरण श्रृजना गर्ने।  
हाम्रो मान्यता छ, शान्तिको कुनै विकल्प हुँदैन र दण्डहिनताको अवस्थालाई अन्त्य गरिनुपर्दछ। वार्ता सहमति, सहकार्य र एकताको मूल मर्म र महत्वलाई ध्यान दिंदै आन्दोलनरत पक्षको मागहरुलाई छिटो भन्दा छिटो सम्बोधन गर्दै बन्द र हडतालको पूर्ण अन्त्य गर्न र सामान्य नागरिकहरुको कष्टकर जीवनलाई सहजपूर्ण बनाउनका लागि आन्दोलनरत एवं सत्ता पक्षलाई हामी हार्दिक अनुरोध गर्दछौ। सिंगो नेपाल र नेपालीको हितलाई सर्वोपरी मान्दै पार्टीगत, व्यक्तिगत, समुहगत स्वार्थलाई छाडेर शान्तिपूर्ण वार्ता छलफल सहमती र सहकार्य गरी समस्या समाधान गर्न सबै राजनीतिक दल र नेपाल सरकारलाई हामी विनम्र आग्रह गर्दछौ।
 
 
नागरिक समाज, म्याग्दी
मानव अधिकार तथा शान्ति समाज, म्याग्दी
म्याग्दी उद्योग वाणिज्य संघ
नेपाल शिक्षक युनियन, म्याग्दी
नेपाल मानव अधिकार संगठन, म्याग्दी
नेपाल वार एशोसियशन, म्याग्दी
नेपाल शिक्षक संघ, म्याग्दी
महिला मानव अधिकार रक्षक सञ्जाल, म्याग्दी
लायन्स क्लब अफ बेनी, म्याग्दी
नेपाल राष्ट्रिय शिक्षक संगठन, म्याग्दी
नेपाल पत्रकार महासंघ-ईन्सेक, म्याग्दी
यूथ भिजन मिडिया हाउस, म्याग्दी
 
प्रेस विज्ञप्ती
तत्कालिन सात राजनैतिक दल र एकिकृत ने. क. पा. मा�"वादी विच भएको बाह्र बूँदे सहमति पश्चात शान्त र समृद्ध नेपालको चाहना एवं परिकल्पना गर्दै २०६२/०६३ को ऐतिहासीक जनआन्दोलनमा सम्पूर्ण नेपाली जनताको सहभागिता रहेको थियो। उक्त जनआन्दोलनलाई सफल बनाउन म्याग्दीका उद्योगी व्यापारीहरुले पनि आफ्नो व्यापार व्यवसाय बन्द गरी आन्दोलनमा सहभागी भएका थियौ। २०६२/०६३ सालको जनआन्दोलन सम्पूर्ण नेपाली जनताहरुको सहभागिता र राजनैतिक दलहरुबिचको सहमती, सहकार्य र एकताले मात्र सफल भएको हो। ऐतिहासिक जनआन्दोलनको म्यान्डेट अनुसार नेपाल सरकार र एकिकृत ने. क. पा. मा�"वादीविच विस्तृत शान्ती सम्झौता भएको थियो। राजनैतिक दलहरु बिचको एकताले नै संविधान सभाको चुनाव सम्पन्न भै संविधान सभाको पहिलो बैठकले २४० बर्षदेखि नेपाली जनतालाई रैती बनाउँदै आएको सामन्तवादको नाईके राजतन्त्रको विधिवत् रुपमा अन्त्य गरी गणतन्त्र नेपालको स्थापना गरेको थियो। सहमति र सहकार्य गर्दै २ वर्षभित्र संविधान निर्माण गरि नयाँ नेपालको खाका कोर्न नेपाली जनताले राजनैतिक दलहरुलाई दिएको जनादेशको समयावधि पनि सकिन लागेको छ। शक्ति र सत्ताको जोडघटाउमा भन्दा पनि राष्ट्रलाई अग्रगामी दिशातर्फ डोर्याउनका लागि शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु एवं लोकतान्त्रिक संविधान निर्माण गरि ऐतिहासिक कार्यभार सम्पन्न गर्नुपर्ने महान जिम्मेवारीबाट राजनैतिक दलहरु विमुख हुन लागेका हुन् कि जस्तो भान राजनैतिक दलहरुको वर्तमान क्रियाकलापले पुष्टि गर्दछ। यस्तो संवेदनशील अवस्थामा ठूलो दल एवं प्रमुख प्रतिपक्ष एनेकपा मा�"वादी सडकमा उत्रेको छ। वर्तमान संक्रमणकालिन अवस्था तथा राजनैतिक अस्थिरताले देश दिनानुदिन संकट तर्फ लम्किरहेको छ। राज्यको अर्थव्यवस्था, उद्योग व्यवसाय धराशायी बन्दै गएको छ। अराजकता, दण्डहिनता आदि जस्ता पक्षले राज्यलाई आक्रान्त बनाउँदै लगेको छ। यही अवस्था रहिरहेमा देश छिट्टै नै असफल राज्यमा परिणत हुनेछ। यस्तो अवस्थाको फाईदा उठाएर वैदेशिक हस्तक्षेप बढ्ने छ जुन राष्टिर्य अखण्डताको लागि समेत घातक बन्नेछ। यस विषयमा म्याग्दी उद्योग वाणिज्य संघको गम्भिर ध्यानाकर्षण भएको छ। सहमति, सहकार्य र एकता नै आजको प्रमुख आवश्यकता हो। सम्पूर्ण राजनैतिक दलहरु पार्टीगत स्वार्थबाट माथी उठी राष्ट्रिय स्वार्थमा सहमति, सहकार्य र एकता गर्दै जिम्मेवारीबाट पछि नहटि जनताको मतलाई कदर गर्न हामी सम्पूर्ण राजनैतिक दलहरु तथा जिम्मेवार पक्षलाई हार्दिक अनुरोध गर्दछौ।  
देशको वर्तमान कठिन मोडमा सहमति, सहकार्य र एकताबाट समस्याको समाधान गराउने उद्देश्यले प्रमुख दलका प्रमुख नेताहरुबीचको संवादहिनतालाई तोड्दै पार्टीहरुबीचको मतभेद हटाई एकता र सहकार्यको लागि नेपाल उद्योग वाणिज्य महासंघले गरिरहेको पहलकदमीप्रति ऐक्यवद्धता जाहेर गर्दछौ। उक्त कार्यलाई तार्किक निष्कर्षमा पुर्याउनको लागि नेउवामहासंघलाई हामी पुनः हार्दिक अनुरोध गर्दछौ।  
राजनैतिक दलहरुबीचको बढ्दो दुरी तथा आपसी दम्भ र अडानले देशलाई पुनः मूठभेड तर्फ धकेल्ने निश्चितप्रायः छ। जुन कार्य देशको लागि हितकर रहने छैन। लामो समयदेखि चलेको द्धन्द्ध एवं पटक पटकको विभिन्न आन्दोलनबाट थिलोथिलो बनेको नेपालले अब फेरी कुनै आन्दोलन चाहेको छैन, जबकि राज्य पुर्नसंरचित हुँदै निर्माण र विकासको गतिमा अघि बढ्नु पर्दछ। जसको लागि आपसी सहमति र सहकार्यबाट शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याई संविधान निर्माण गरिनुपर्दछ यो वा त्यो बहानामा शान्ति प्रक्रिया र संविधान निर्माण कार्यलाई भाँड्नु भन्दा पनि दलहरु मिलेर जानुको विकल्प छैन। त्यसको लागि जिल्लास्थित सम्पूर्ण राजनैतिक पार्टीले केन्द्रलाई समेत दवाव दिई आ-आफ्नो जिम्मेवारी र कर्तव्यबाट नचुक्न समेत अनुरोध गर्दछौ साथै राजनैतिक दलहरुले देखाई रहेको सत्तामोहको राजनीतिलाई त्यागेर समयमै संविधान निर्माण गरि देशलाई निकाश दिनको लागि पनि म्याग्दी उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ।
मितिः२०६७-०१-२०
सूर्यप्रसाद मर्सानी
अध्यक्ष
म्याग्दी उद्योग वाणिज्य संघ 
 
म्याग्दी उद्योग वाणिज्य संघको विज्ञप्ती

म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार भौगोलिक बनावटले अत्यन्त साघुँरो रहेको, वर्तमान् अर्थुङ्गे गाविस नगरपालिका बन्ने अबस्थामा रहेको, जग्गा अभावका कारण बहुउद्देश्यीय सभाहल, तरकारी, मासु तथा हाटबजार स्थापना गर्न अप्ठेरो परिरहेको अवस्थामा जिल्लास्थित खाद्यसंस्थानको जग्गा संस्थानद्वारा पटक-पटक विक्रि गर्न बोलपत्र आव्हान गर्दा जिल्लाका ७ राजनैतिक दल, अर्थुङ्गे गाविस, जिल्ला प्रशासन कार्यालय, म्याग्दी स्थित सम्पूर्ण संघ संस्थाहरुको विरोध र पहलमा बिक्रि वितरण रोकिएकोमा पूनहः खाद्य संस्थान, जिल्लाका राजनैतिक दलका जिम्मेवार व्यक्तिहरु एवं जिल्लाका केही लोभीपापीहरुको कालो चित्तका कारण उक्त जग्गा पुनः गोप्य रुपमा साँठ गाँठ गरी बिक्रि वितरण गर्न लागेको कुरा यस संघलाई जानकारी प्राप्त भएको हुँदा यस संघको गम्भिर ध्यानाकर्षा भएको छ ।

गोप्य साँठगाँठ गरी यदि उक्त जग्गा बिक्रि वितरण गर्ने र खरीद गर्ने कार्य गरेमा वा गरिएको पाइएमा यस संघ जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने व्यहोरा यहि विज्ञप्ती मार्फ जानकारी गराउन चाहन्छौं ।

उक्त कार्यको पूनः घोर विरोध गर्न जिल्लास्थित राजनैतिक दल, नागरिक समाज, गाविसहरु, संघ संस्था, विद्यार्थी संघ संगठनहरु, उद्योगी व्यापारी एवं सम्पूर्ण जिल्लावासीहरुलाई हार्दिक आब्हान गर्दछौं ।

मितिः- २०६५ साल जेष्ठ २० गते सोमबार

खबरदार १
उक्त जग्गा खरिद बिक्रि गर्न मनाही छ ।


प्रमोद श्रेष्ठ
अध्यक्ष
म्याग्दी उद्योग वाणिज्य संघ

 
म्याग्दी उद्योग वाणिज्य संघको विज्ञप्ती

लामो समय देखि द्वन्द्वका कारण देश अस्त व्यस्त बन्न पुगेको हुँदा उद्योग, व्यापार एवं सबै क्षेत्र तहस नहस भएको कुरा सबैलाई विदितै छ । देशमा स्थायी शान्ति स्थापना गर्ने उद्देश्यले अन्य राजनैतिक दल र ने. क. पा. (माओवादी) बिच १२ बुँदे सम्झौंता पश्चात् देशले नयाँ मोड लिन शुरु गर्यो । जनआन्दोलन २०६२/०६३ को घोषणा पश्चात् उक्त जन आन्दोलनलाई सबै क्षेत्रले सहयोग गर्नुका साथै देश भरका उद्योगी व्यापारीहरुले पनि सहयोग गर्ने निर्णय गरे । सोही निर्णयानुसार म्याग्दी उद्योग वाणिज्य संघले पनि उक्त १९ दिने जनआन्दोलनमा सक्रिय सहभागिता जनायो । उक्त जनआन्दोलनमा म्याग्दी एवं पर्वत जिल्लावासी उद्योगी, व्यापारीहरुले खेलेको महत्वपूर्ण भूमिकाको सहृाना गर्दै यस संघ कृतज्ञताका साथ हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
 मिति २०६५ साल ज्येष्ठ १५ गते सम्पन्न हुन गैरहेको ऐतिहासिक सम्बिधान सभाको पहिलो बैठकले 'निरंकुश राजतन्त्रको अन्त्य एवं गणतन्त्र नेपालको'  घोषणा गर्दैछ । इतिहासमै प्रथम पटक सम्पन्न हुन गैरहेको उक्त घोषणाको म्याग्दी उद्योग वाणिज्य संघ पूर्ण सफलताको कामना गर्न चाहन्छ ।
 गणतन्त्रको घोषणा सँगै देशमा दिगो शान्ति छाओस्, स्वतन्त्र एवं शान्तिपूर्वक उद्योग, व्यापार सञ्चालन गर्ने वातावरणको श्रृजना होस् र देशले औद्योगिक क्रान्ति गर्न सफल रहोस् भन्ने शुभेच्छाका साथ 'निरंकुश राजतन्त्रको अन्त्य एवं गणतान्त्रीक नेपालको'  स्थापनाको पक्षमा म्याग्दी उद्योग वाणिज्य संघको पूर्ण स्वागत एवं र्समर्थन रहेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत सम्पूर्ण जिल्लावासी उद्योगी व्यापारीहरुको तर्फबाट हार्दिक आव्हान गर्न चाहन्छौं ।

मितिः- २०६५ साल ज्येष्ठ १४ गते मंगलबार ।

 
म्याग्दी उद्योग वाणिज्य संघको विज्ञप्ती

आदरणिय उद्योगी व्यापारी मित्रहरु !

हालै संचार माध्यमले प्रचार प्रसार गरेको नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन म्याग्दी नामको संस्था गठन भएको विषयमा यस संघको गम्भीर ध्यानाकर्षण भएको छ । म्याग्दी जिल्लाका उद्योगी व्यापारीहरुको हकहितको लागि सशक्त एवं साझा संगठनको रुपमा म्याग्दी उद्योग वाणिज्य संघ क्रियाशिल रहेको व्यहोरा र्सवत्र जगजाहेरै छ ।

म्याग्दीमा के साना के ठूला सम्पुर्ण व्यापारी तथा उद्योगिहरुको समस्या समाधान गर्दै समुन्नत भविष्यको मार्ग समेत प्रशस्त गर्न म्याग्दी उद्योग वाणिज्य संघ सफल रहेको व्यहोरा समेत र्सवविदितै छ । म्याग्दी उद्योग वाणिज्य संघ विशुद्ध आर्थिक तथा सामाजिक संगठन हो र यसमा विशुद्ध वर्गिय हकहित भन्दा अन्य कुनै आग्रह पुर्वाग्रहको गुन्जाइस रहने गरेको छैन । यस पृष्ठभूमिमा संघले आङ्खना छातामुनि सम्पुर्ण उद्योगि व्यापारीहरुलाई वर्गिय भाईचाराको सहअस्तित्व दिएर संगठित गर्दै मर्यादित तुल्याउन समेत सफल भएको छ ।

उद्यमी व्यापारीहरुलाई एकताबद्ध गर्न सफल म्याग्दी उद्योग वाणिज्य संघ अस्तित्वमा हुँदा हुँदै उस्तै उद्देश्य बोकेको अर्को समानान्तर देखिने संस्था गठन भएको पाउँदा यस संघलाई आश्चर्य लागेको छ । यस वस्तु तथा परिप्रेक्ष्यमा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन नामको कथित संगठन खोल्नु खोलिनुको तात्पर्य हाम्रो बर्गीय एकतालाई फाटो पार्ने कलुषित दुर्भावना बोकेको हुन सक्छ भन्ने ठहर गरिएको छ । तर्सथ सो कथित समानान्तर संस्थामा आवद्ध नहुन हाम्रा आदरणिय साधारण सदस्य ज्यूहरुलाई हार्दिक अनुरोध गर्दै मातृ संघलाई उपेक्षा गर्दै समानान्तर संस्थामा आवद्ध हुन पुगेका सदस्यहरुलाई संघको विधानको धारा ५ दफा 'ख' को उपदफा 'इ' अनुसार निलम्बन गरिएको छ । निज सदस्य ज्यूहरुले मनासिव कारण सहित उक्त संस्थाको सदस्यता त्याग गरेमा निलम्बन फुकुवा गरिनेछ अन्यथा विधान अनुसार कारवाही अघि बढाइने व्यहोरा स्पष्ट गर्न चाहन्छौं

यस संघमा आवद्ध नभएका नयाँ सदस्यता लिन चाहने उद्योगी व्यापारीहरुले कथित संगठनको भ्रममा नपरि उद्योगी व्यापारीहरुको एउटै मात्र बैधानिक संस्था म्याग्दी उद्योग वाणिज्य संघमा आवद्ध हुन समेत हार्दिक आग्रह गर्दछौं ।



२०६४आषाढ २४ गते आइतबार

 
 
  प्रतिक्रिया पठउनुहोस्।
[PRINT] [BACK]