www.myagdicci.org Goto Home Page
About Us
Board Member
General Member
Secreteriate
Notice
Contact
  नेपालीमा हेर्नुहोस्
  Myagdi CCI
  Myagdi District
  Myagdi Tourism
  Myagdi Fair Festival
  News & Events
  Myagdi Litreture
  Myagdi Mahotsav 2065

Heart full of Condolence to Late Girija Pd. Koirala

Late Girija Pd. Koirala

Myagdi Chamber of Commerce & Industries Family



 
Myagdi Chamber of Commerce and Industry
About Us
[PRINT] [BACK]
 
म्याग्दी उद्योग वाणिज्य संघ एक संक्षिप्त चिनारी

२०२७ सालको सुहाउँदो परिवेश सँगसँगै अत्यन्तै विकटतामा रहेको म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा व्यापार व्यवसायको क्रमिक बृद्धि सँगसँगै व्यापार संघ स्थापना गरी व्यापारीको हक र हितको संरक्षण गरि गोलबन्द हुनुपर्दछ भन्ने मान्यताका साथ तत्कालिन अवस्थामा स्वर्गिय चन्द्रशेखर श्रेष्ठ ज्यूको अध्यक्षतामा व्यापार संघ म्याग्दी स्थापना भएको थियो । सो पश्चात् व्यापार संघले नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता प्राप्त गर्न २०३३ सालमा दिएको निवेदन माथि विराटनगरमा सम्पन्न भएको नेउवामहासंघको कार्यकारिणी समितिको बैठकमा पेश हुादा बैठकबाट सर्वसम्मतिद्वारा व्यापार संघ म्याग्दीलाई सदस्यता प्रदान गरिएको थियो । खासै अगाडि बढ्न नसकेको संघ विधिवत रुपमा संस्था दर्ता ऐन अन्तर्गत दर्ता नभएको अवस्थामा २०४३ सालमा अध्यक्ष स्वं विरेन्द्रकुमार श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न म्याग्दी जिल्लाका व्यापारीहरुको भेलाबाट संस्था दर्ता गर्नका लागि पूरानो विधानलाई समय सापेक्ष बनाउनका लागि संशोधन गरेको थियो ।

विधानको परिभाषा यस प्रकार छ:
म्याग्दी जिल्लाका उद्योगी व्यापारिहरुको हक र हितलाई समेट्दै एकताको सूत्रमा आवद्ध गरेर नेपाल अधिराज्यको अर्थ व्यवस्थालाई मजवुत् बनाउन आफ्नो क्षेत्रबाट गहनतम् भूमिका निर्वाह गर्न मौजुदा म्याग्दी व्यापार संघको संगठनात्मक स्वरुप र कार्य व्यवस्थापन शैलीमा सुधार गर्न वाञ्छनिय देखिएको छ । जिल्लाका समस्त उद्योगी व्यापारीहरुको भेलामा व्यापक छलफलबाट विधान शंसोधन एवं तयार गरि संघलाई विधिवत रुपमा जिल्ला प्रशासन कार्यालयमा मिति २०४३/०५/१७ मा दर्ता गरि म्याग्दी उद्योग वाणिज्य संघ नामांकरण गरिएको थियो ।

२०४३ सालदेखि २०५१ सालसम्म म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षता स्व. विरेन्द्रकुमार श्रेष्ठले र २०५१ देखि २०६० सालसम्म निवर्तमान् अध्यक्ष सुदर्शनकुमार श्रेष्ठले ग्रहण गर्नु भै संघको कार्य संचालन हुदै आईरहेको छ ।
संघको स्थापना काल २०२७ देखि वर्तमान् अवस्थासम्म आईपुग्दा संघले विभिन्न आरोह अवरोहहरु पार गर्दैर् अगाडि बढीरहेको छ भने संघको उद्देश्य, सदस्यता प्रकार, सांगठनीक ढाँचा यस प्रकार रहेको छ ।

 

उद्देश्यः-
म्याग्दी जिल्लाका उद्योगी तथा व्यवसायीहरुको हक हितको संरक्षण सम्बर्द्वन तथा व्यवसायीक संघ संस्थाहरुसाग समन्वय गरी जिल्ल्ाको आर्थिक तथा सामाजिक विकासको माध्यमबाट देशको आर्थिक विकासमा सक्दो सहायता पुर्‍याउने तथा लघु उद्यमको माध्यमबाट गरिबी न्यूनिकरणमा समेत सहयोग पुर्‍याउने रहेको छ ।

 

सदस्यताको प्रकारः-
अ) साधारण सदस्यः- उद्योगी, व्यापारी, व्यापारिक र्फम, कम्पनी आदि ।
आ) वस्तुगत सदस्यः- वस्तुगत संघ
इ) विशिष्ट सदस्यः- विशेष व्यक्तित्वलाई कार्यसमितिको निर्णयानुसार प्रदान गर्ने ।
ई) मानार्थ सदस्यः- संघलाई विशेष योगदान दिने व्यक्तिलाई का.स.को निर्णयानुसार प्रदान गरिने छ ।

साधारण सदस्य स्थायी र अस्थायी गरी २ प्रकारको हुनेछ । नेपाली नागरिक भएको रजिष्टर्ड र्फमको प्रोप्राईटरलाई स्थायी सदस्य र नेपाली नागरिक नभएको र प्रोप्राईटर बाहेकका प्रतिनिधिलाई अस्थायी सदस्य भनिनेछ। अस्थायी सदस्यलाई निर्वाचनमा उठ्ने र भोट दिने अधिकार हुने छैन ।

उ) आजिवन सदस्यः-
क) स्थायी सदस्य भएको हुनुपर्नेछ ।
ख) ३ बर्षसम्म लगातार सदस्य भएको हुनुपर्नेछ ।
ग) आजिवन सदस्य बन्नको लागि रु. ५ हजार शुल्क लाग्नेछ ।

 

संगठनको ढाचाः-

बाषिर्क साधारण सभा

अध्यक्ष

कार्यकारिणी सदस्यहरु

 


सचिवालय

समस्त जिल्लावासी उद्योगी व्यापारिहरुको बृहत्तर हितको लागि सदा समर्पित यस संघले पनि विकास निर्माण कार्य गर्नुपर्दछ भन्ने मान्यतालाई आत्मसात गर्दैर् अगाडि बढिरहेकोमा बेनीबजार शहरीकरण तर्फ उन्मूख भैरहेको र बजारबाट निस्कने फोहोरमैलालाई व्यवस्थित गर्ने उद्देश्यले २०६० सालदेखि बेनीबजार सरसफाई कार्यक्रम निरन्तर रुपमा सञ्चालन गर्दै आईरहेको छ । बाग्लुङ्ग-बेनी सडक मर्मत, बेनीबजार क्षेत्रमा पिच तथा ढलको निर्माण, सार्वजनिक शौचालय निर्माण, बेनीबजारको सडक चौडा गर्नुका साथै बेनीबजार अव्यवस्थित रुपमा वितरित विद्युतलाईन तथा दुरसंचारका लाईनहरुमा सुधार जस्ता कार्यहरु सम्पन्न गरिसकेको र हालैमात्र म्याग्दी महोत्सवको अवसर पारेर २०० मिटर लम्बाइर्् भएको बहुउद्देश्यिय मैदान निर्माण कार्य गरिरहेको छ । हाल यस संघसाग आफ्नै भवन र एकवटा घडेरी रहेकोछ भने व्यवस्थित सचिवालय रहेको छ र सचिवालय ५ र सरसफाई कार्यक्रम तर्फ ४ गरि ९ जना कर्मचारी कार्यरत छन् ।

त्यसका साथसाथै पर्यटकिय क्षेत्रहरुले धनि यस जिल्लालाई विश्वसामु पहिचान गराई पर्यटकिय जिल्लाको रुपमा अगाढि बढाउने लक्ष्य समेत लिएको छ ।

यस प्रकारका गतिविधिले संघ हालको अवस्थामा जिल्लाको अग्रणी संस्थाको रुपमा स्थापित भएको छ ।

 
 
  प्रतिक्रिया पठउनुहोस्।
[PRINT] [BACK]