www.myagdicci.org Goto Home Page
About Us
Board Member
General Member
Secreteriate
Notice
Contact
  नेपालीमा हेर्नुहोस्
  Myagdi CCI
  Myagdi District
  Myagdi Tourism
  Myagdi Fair Festival
  News & Events
  Myagdi Litreture
  Myagdi Mahotsav 2065

Heart full of Condolence to Late Girija Pd. Koirala

Late Girija Pd. Koirala

Myagdi Chamber of Commerce & Industries Family



 
म्याग्दी उद्योग वाणिज्य संघको प्रेस विज्ञप्ती
 
म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजार भौगोलिक बनावटले अत्यन्त साघुँरो रहेको, वर्तमान् अर्थुङ्गे गाविस नगरपालिका बन्ने अबस्थामा रहेको, जग्गा अभावका कारण बहुउद्देश्यीय सभाहल, तरकारी, मासु तथा हाटबजार स्थापना गर्न अप्ठेरो परिरहेको अवस्थामा जिल्लास्थित खाद्यसंस्थानको जग्गा संस्थानद्वारा पटक-पटक विक्रि गर्न बोलपत्र आव्हान गर्दा जिल्लाका ७ राजनैतिक दल, अर्थुङ्गे गाविस, जिल्ला प्रशासन कार्यालय, म्याग्दी स्थित सम्पूर्ण संघ संस्थाहरुको विरोध र पहलमा बिक्रि वितरण रोकिएकोमा पूनहः खाद्य संस्थान, जिल्लाका राजनैतिक दलका जिम्मेवार व्यक्तिहरु एवं जिल्लाका केही लोभीपापीहरुको कालो चित्तका कारण उक्त जग्गा पुनः गोप्य रुपमा साँठ गाँठ गरी बिक्रि वितरण गर्न लागेको कुरा यस संघलाई जानकारी प्राप्त भएको हुँदा यस संघको गम्भिर ध्यानाकर्षा भएको छ । गोप्य साँठगाँठ गरी यदि उक्त जग्गा बिक्रि वितरण गर्ने र खरीद गर्ने कार्य गरेमा वा गरिएको पाइएमा यस संघ जस्तोसुकै मूल्य चुकाउन पनि पछि नहट्ने व्यहोरा यहि विज्ञप्ती मार्फ जानकारी गराउन चाहन्छौं । उक्त कार्यको पूनः घोर विरोध गर्न जिल्लास्थित राजनैतिक दल, नागरिक समाज, गाविसहरु, संघ संस्था, विद्यार्थी संघ संगठनहरु, उद्योगी व्यापारी एवं सम्पूर्ण जिल्लावासीहरुलाई हार्दिक आब्हान गर्दछौं । मितिः- २०६५ साल जेष्ठ २० गते सोमबार खबरदार १ उक्त जग्गा खरिद बिक्रि गर्न मनाही छ । प्रमोद श्रेष्ठ अध्यक्ष म्याग्दी उद्योग वाणिज्य संघ
  - MCCI
प्रतिक्रिया पठउनुहोस्। [PRINT] [BACK]