www.myagdicci.org Goto Home Page
About Us
Board Member
General Member
Secreteriate
Notice
Contact
  नेपालीमा हेर्नुहोस्
  Myagdi CCI
  Myagdi District
  Myagdi Tourism
  Myagdi Fair Festival
  News & Events
  Myagdi Litreture
  Myagdi Mahotsav 2065

Heart full of Condolence to Late Girija Pd. Koirala

Late Girija Pd. Koirala

Myagdi Chamber of Commerce & Industries Family



 
म्याग्दी उद्योग वाणिज्य संघको विज्ञप्ती
 
लामो समय देखि द्वन्द्वका कारण देश अस्त व्यस्त बन्न पुगेको हुँदा उद्योग, व्यापार एवं सबै क्षेत्र तहस नहस भएको कुरा सबैलाई विदितै छ । देशमा स्थायी शान्ति स्थापना गर्ने उद्देश्यले अन्य राजनैतिक दल र ने. क. पा. (माओवादी) बिच १२ बुँदे सम्झौंता पश्चात् देशले नयाँ मोड लिन शुरु गर्यो । जनआन्दोलन २०६२/०६३ को घोषणा पश्चात् उक्त जन आन्दोलनलाई सबै क्षेत्रले सहयोग गर्नुका साथै देश भरका उद्योगी व्यापारीहरुले पनि सहयोग गर्ने निर्णय गरे । सोही निर्णयानुसार म्याग्दी उद्योग वाणिज्य संघले पनि उक्त १९ दिने जनआन्दोलनमा सक्रिय सहभागिता जनायो । उक्त जनआन्दोलनमा म्याग्दी एवं पर्वत जिल्लावासी उद्योगी, व्यापारीहरुले खेलेको महत्वपूर्ण भूमिकाको सहृाना गर्दै यस संघ कृतज्ञताका साथ हार्दिक धन्यवाद ज्ञापन गर्दछ । मिति २०६५ साल ज्येष्ठ १५ गते सम्पन्न हुन गैरहेको ऐतिहासिक सम्बिधान सभाको पहिलो बैठकले 'निरंकुश राजतन्त्रको अन्त्य एवं गणतन्त्र नेपालको' घोषणा गर्दैछ । इतिहासमै प्रथम पटक सम्पन्न हुन गैरहेको उक्त घोषणाको म्याग्दी उद्योग वाणिज्य संघ पूर्ण सफलताको कामना गर्न चाहन्छ । गणतन्त्रको घोषणा सँगै देशमा दिगो शान्ति छाओस्, स्वतन्त्र एवं शान्तिपूर्वक उद्योग, व्यापार सञ्चालन गर्ने वातावरणको श्रृजना होस् र देशले औद्योगिक क्रान्ति गर्न सफल रहोस् भन्ने शुभेच्छाका साथ 'निरंकुश राजतन्त्रको अन्त्य एवं गणतान्त्रीक नेपालको' स्थापनाको पक्षमा म्याग्दी उद्योग वाणिज्य संघको पूर्ण स्वागत एवं र्समर्थन रहेको व्यहोरा यस प्रेस विज्ञप्ती मार्फत सम्पूर्ण जिल्लावासी उद्योगी व्यापारीहरुको तर्फबाट हार्दिक आव्हान गर्न चाहन्छौं । मितिः- २०६५ साल ज्येष्ठ १४ गते मंगलबार ।
  - MCCI
प्रतिक्रिया पठउनुहोस्। [PRINT] [BACK]