www.myagdicci.org Goto Home Page
About Us
Board Member
General Member
Secreteriate
Notice
Contact
  नेपालीमा हेर्नुहोस्
  Myagdi CCI
  Myagdi District
» पौराणिक कालको म्याग्दी
» भाषा, जनजीवन, लवाइखवाई, धर्म
» Maps Of Myagdi
  Myagdi Tourism
  Myagdi Fair Festival
  News & Events
  Myagdi Litreture
  Myagdi Mahotsav 2065

Heart full of Condolence to Late Girija Pd. Koirala

Late Girija Pd. Koirala

Myagdi Chamber of Commerce & Industries Family



 
भाषा, जनजीवन, लवाइखवाई, धर्म
 

भाषा :-
यस जिल्लामा जातीय विविधता अनुरुप भाषिक विविधता पनि रहेको पाइन्छ । बहुसंख्यक मानिसहरु नेपाली भाषा नै बोल्दछन् र लेखाइमा सवै जातिहरु नेपालको राष्ट्रभाषा देवनागरी लिपिमा नेपाली भाषा नै प्रयोग गर्दछन् । साथै यहाँ अन्य विभिन्न भाषाहरु पनि बोलिन्छ । जस्तो मगर समूहमा मगर भाषा, नेवार समूहमा नेवारी भाषा, छन्त्याल समूहमा छन्त्याल भाषा, थकाली समूहमा थकाली भाषा र केही मात्रामा गुरुङ भाषा पनि बोल्ने गरेको पाइन्छ ।

 

जनजीवन :-
यस जिल्लामा विभिन्न जातजातिहरु बसोबास गरेकोले जातीय विविधता पाइन्छ बहुसंख्यक मात्रामा मगर जातिको अतिरिक्त बाहुन, क्षेत्री, ठकुरी, नेवार, गुरुङ, गिरी, सार्की, कामी, दमाई, थकाली छन्त्याल र अन्य जातिहरु बसोबास गरेको पाइन्छ । प्रायजसो। पहाडी र लेकाली डाँडाकाडाहरुमा बसोबास गरेका यी मगर जातिका थरहरुमा पुन, गर्बुजा, पुर्जा, पाईजा, सिन्थानी, चोचाङ्गी, सिंजाली, तिलिजा, जुग्जाली, रोका, बुढाथोकी, थजाली, बुदुजा, राना, र्घर्ती, शेरपुन्जा, राम्जाली, आले, थापा, श्रीष, प्राईपुन, फगामी, खजाङनी, धिमेल आदि रहेको पाइन्छ ।

बाहुन, क्षेत्रीहरु सदरमुकाम तथा आसपासका गाउँहरु र केही समथर तथा सोता भागहरुमा बसोवास गरेको पाइन्छ । बहुसंख्यक पूर्वीयाको अतिरिक्त नगण्य मात्रामा कुमाईहरु पनि रहेको बाहुन जातिका थरहरुमा पौडेल, सुवेदी, आचार्य, रेग्मी, ढुंगाना, रिजाल, पराजुली, सापकोटा, गौतम, अधिकारी आदि छन् । क्षेत्रीका थरहरुमा कार्की, घिमिरे, भण्डारी, थापा, खत्री, खड्का, बानियाँ, चोखाल, बोगटी, महत, रावल, र्घर्ती, बरुवाल र ठकुरीमा मल्ल, सेन, वम, सिंह, शाही र हमाल प्रमुख रुपमा रहेका छन् । प्रायजसो व्यापारिक र घाट परेको ठाउँमा नेवार र थकालीहरुको बसोवास रहेको पाइन्छ ।

 

रीतिरिवाज :-
हिन्दूहरुको जन्मदा छैठी गर्ने, न्वारान गर्ने, छोराछोरीको हाँगाको पुस्ता गनी नाता छुट्र्याई विवाह गर्ने र मृत्युपछि सकभर कालीगण्डकीको किनारमा र टाढा पर्नेहरुले आफ्नो नजिकमा बग्ने नदीको किनारमा मृतकलाई दाहसंस्कार गर्ने गर्दछन् । दाहसंस्कार गर्दा जलाउने वा गाड्ने चलन छ । मृत्यु पश्चात नेवार, क्षेत्री, ब्राम्हणले एकै किसिमको प्रक्रिया जस्तै पिण्डदान, द्रव्यदान, गौदान आदि गर्ने चलन छ भने अन्य मगर, थकाली, गुरुङ जातिमा आफनै परम्परा अनुसार काजक्रिया गर्ने चलन छ । विवाहमा बाहुन, क्षेत्री तथा नेवारहरुकोमा मागी विवाह गर्ने चलन छ भने मगर समुदायमा मामाकी छोरी विवाह गर्ने र थकाली समुदायमा मामा तथा फुपूकी छोरी विवाह गर्ने चलन रहेको छ । हाल आएर प्रेम विवाह गर्नेहरुको संख्यामा पनि वृद्वि हुन थालेको छ ।

 

लवाइखवाई :-
यहाँका मानिसहरु भू-बनोट, हावापानी, प्राकृतिक स्वभाव र जातीय विविधता अनुरुप भेषभुषा लगाउने गरेको पाइन्छ । गुरुङ मगरका महिलाले चोलो लागाउने, बर्को (छेकी) ओढ्ने, सारी अथवा लुङ्गी लगाई पेटी अथवा पटुका बाँध्ने र पछ्यौरा ओढ्दा टाउकोमा मजेत्रो पार्ने गर्दछन् । पूराना महिलाहरु त अरु गरगहनाको अलावा ओठसम्म आउनेगरि झम्के बुलाकी पनि लगाउने गर्दछन् । बाहुन, क्षेत्री र वैश्यका महिलाहरु साधारण चोलो, व्लाउज, सारी, पछ्यौरा, पटुका, पेटिकोट, लुङ्गी लगाउने र बाँध्ने चलन भएपनि आधुनिक पहिरनका सामानले सवै जातिका महिलाहरुलाई प्रभाव पारेको पाइन्छ । पुरुषहरुमा लेकाली भेगमा भोटो, कछाड लगाउने चलन छ भने तल्लो भेग र सदरमुकाम आसपासमा दौरा, सुरुवाल, कोट, पाइन्ट, कमिज, जाँगे, टोपी र ब्राम्हणहरु धोती लगाउँछन् । खानपिनमा लेकाली भेगमा गहुँ, मकै, कोदो, जौ, उवा, फापर साथै न्यून मात्रामा भात खाने चलन छ । बेसीतिर भात, रोटी, ढिंडो, मकैको आटो, दाल, तरकारी, सागसब्जी आदि खाने गर्दछन् ।

 

धर्म :-
यस जिल्लामा हिन्दू र बौद्व धर्मको बाहुल्यता रहेको पाइन्छ । छिटफुट रुपमार् इस्लाम र इर्साई धर्म मान्नेहरु पनि भेटिन्छन् ।

  - MCCI
प्रतिक्रिया पठउनुहोस्। [PRINT] [BACK]