www.myagdicci.org Goto Home Page
About Us
Board Member
General Member
Secreteriate
Notice
Contact
  नेपालीमा हेर्नुहोस्
  Myagdi CCI
  Myagdi District
  Myagdi Tourism
  Myagdi Fair Festival
  News & Events
  Myagdi Litreture
» ऐतिहासिक व्यापारकेन्द्र बेनीबजारको सुदुर भविष्य
» नयां नेपालको निर्माणमा उद्योग वाणिज्य संघको भूमिका
» म्याग्दी - कविता
  Myagdi Mahotsav 2065

Heart full of Condolence to Late Girija Pd. Koirala

Late Girija Pd. Koirala

Myagdi Chamber of Commerce & Industries Family



 
म्याग्दी - कविता
 

कालीको तटमा छ एक नगरी बेनी छ यो नाम नै
छन् भव्यै भवन असंख्य वलिया विख्यात यो धाम नै ।
म्याग्दी नामक त्यो रही जनपदै नेपाल प्रख्यात छ
छन् राम्रा कसिला शतायु जनता, उल्लेख्य सौर्न्दर्य छ ।।१


कोरीया, सउदी, कतार, इटली, जापान, वेलायत
पुग्छन् ती स्थलमा युवा र युवती रोज्गारीले वञ्‍चित ।
आफ्नो आर्थिकता सुधार्न वहुतै इच्छा र आशा गनी
जान्छन् काम लिनै कमाउन धनी ऐश्‍वर्यशाली पनि ।। २

पूर्वै पर्वत औ छ कास्की अनि ता वाग्लुङ्ग दक्खिन तिर
डोल्पा, रुकुम पश्‍चिमै र उदिची मुस्ताङमा सीमित ।
क्षेत्री, ब्राम्हण, दर्जी, सार्की, मगरै, छन्त्याल, कामी अनि
नेवारै पुरी औ थकालि, गुरुङ्गै म्याग्देल जाती छ नि ।। ३

नाना जाति थरै समाज बलियो एकात्मताका धनी
गर्छन् कर्म खुवै विभिन्न थरिका गम्भीर वन्छन् पनि ।
जाली शोषक फटाहहरुको गर्छन् वहिष्कार यी
सोझा, सन्त, तपी, उदार जनको सत्कार गर्छन् भयी ।। ४

नारी छन् यिनका विलक्षण, कला शिल्पै छ प्रस्फूरित
वीरै छन् सकलै युवा जन अनि ज्ञानी र वैचारिक ।
म्याग्देलीहरुको अपूर्व गरिमा देखेर जाने अरु
सोच्दा हुन् अहिले सुटुक्‍क मनमा फर्कू कि म्याग्दी वरु ।। ५

कोदो, फापर, धान, भट्ट, सिमि औ आलू, पिडालू, गहुँ
आधा वर्षजति त चल्छ यसले बाँकी त किन्छन् अरु ।
राडी पाखी बुनी कतै सुजनले वेचेर बन्छन् धनी
थोरै मात्र कतै वुनिन्छ महँगा काम्ला गलैंचा पनि ।। ६

धौलाश्री चुचुरो त विश्वभरि नै विख्यात मानिन्छ नि
मूदी ग।वि।स। मा त पर्छ गिरि यो जिल्ला त म्याग्दी वनी ।
ख्यातै छन् धवलागिरि सहित का पाहाड संसारमा
यहीं पर्वतमा महेश सहितै सानन्द वस्थिन् उमा ।। ७

रुप्से नामक त्यो सुरम्य झरना औ अन्धगल्छी अनि
घोरेपानी तथा सिंगा नजिकको अत्युष्ण कुण्डै पनि ।
दाना दक्षिणको भुरुङ निरको त्यो उष्ण पानी अनि
बेनी उत्तरका गलेश्वर शिवै म्याग्दी ख्यातै छ नि ।। ८

वस्छन् वन्धुसरी मिलेर सब नै सद्भावले पूर्ण भै
चोखो स्नेह दिई परस्पर यिनी निर्धक्‍क निश्चिन्त भै ।
शिक्षाको सुविधा पुगेर पनि यो जिल्ला छ अशिक्षित
केही छन् जनता अशक्त गरीवै लाचार औ पीडित ।। ९

यौटा क्याम्पस चार उ।मा।वि। सहितै मा।वि। त एक्चालिस
नि।मा। वत्तिस प्रा।वि। एक सय साठी मात्र विद्यापीठ ।
जिल्ला यो गिरि औ हिमालहरुको बाहुल्य भाको स्थल
एक्चालिस वटा छ ग्राम यसमा, वढ्दो छ बाहुवल ।। १०

व्यापारीहरुको छ एक समिति उद्योग वाणिज्यको
सेवा ग्राहकको हितानुकुल औ वन्दै सखा राज्यको ।
बेनीमा यिनको छ कार्यस्थल ता व्यस्तै छ कार्यालय
छन् राम्रा सपना अतीव यसका, देखिन्छ निष्ठामय ।। ११

म्याग्दी नामककी सुपुण्य सरिताको मूल धौलागिरि
कालीकी भगिनी बनी नगरमा भेटिन्छ माया गरी ।
म्याग्दी स्वच्छजला बनेर बहँरै आद्यन्त भागै छुँदा
म्याग्दी नामक भो पुरा जनपदै नेपाल राज्य हुँदा ।। १२

समाप्त
  - MCCI
प्रतिक्रिया पठउनुहोस्। [PRINT] [BACK]