स्थानिय उद्योग व्यापार र कलाको विकास गरि पर्यटन पर्बर्द्धन एवं संस्कृतिको संरक्षण गर्ने उद्देश्य र परम्परागत रुपमा लाग्दै आईरहेको माघे संक्रान्ति मेला लोप हुदै गैरहेको अवस्थामा मेला जगाउने उद्देश्यका साथ विगतका बर्षरुमा म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति मेला कै अवसर पारेर महोत्सव एवं मेलाको आयोजना गरिदैं आइरहेको छ ।
सोहि क्रममा यस बर्षो माघे संक्रान्ति कै अवसर पारेर म्याग्दी उद्योग वाणिज्य संघ र म्याग्दी जेसीजको संयुक्त आयोजनामा माघ १ देखि ३ गतेसम्म म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा खुल्ला लोकदोहोरिगीत र छेलो हान्ने प्रतियोगीता लगायतका विविध कार्यक्रमका साथ माघे संक्रान्ति मेला २०६४ को आयोजना गरिएको छ ।
सो मेलाको आन्तरिक र वाहृय गरि करिब ५० हजार पर््रदर्शकहरुले अवलोकन गर्ने छन् भने करिब ५० लाखको आर्थिक कारोबार हुने अपेक्षा समेत गरिएको छ ।
सोही अवसरमा जिल्ला कृषि विकास कार्यालयको आयोजनामा जिल्ला स्तरिय खुल्ला कृषि मेलाको समेत आयोजना गरिएको छ ।
सो मेलामा करिब ५० वटा स्टलहरु व्यापारिक स्टलहरु राखिने भएको छ । |