हिन्दु धार्मिक ग्रन्थहरुमा पवित्र नदीको रुपमा कालीगण्डकीलाई लिइएको पाइन्छ । शालिग्राम पाइने नदीको रुपमा समेत प्रख्यात यस नदीमा स्नान गरेमा मात्र पबित्रता प्राप्त गर्ने विश्वास गर्दछन् । नेपालकै ठूलो नदीहरु मध्ये पर्ने कालीगण्डकी नदीवाट नै काली गण्डकी जलविद्युत परियोजना संचालनमा रहेको छ । यस नदीको उदगम स्थल मुक्तिनाथ हो । हिन्दु ग्रन्थहरु स्कन्दपुराण, वराहपुराण, रामायण, योगवाशिष्ठ र श्रीमद्भागवत आदिहरुमा शालिग्रामको वारेमा विशेष वर्णन गरेको पाइन्छ । भगवान विष्णु शालिग्राम भै रहनु परेको प्रचलित कथा अनुसार शालिग्रामको पुजा गर्ने गर्दछन् । |