www.myagdicci.org Goto Home Page
About Us
Board Member
General Member
Secreteriate
Notice
Contact
  नेपालीमा हेर्नुहोस्
  Myagdi CCI
  Myagdi District
  Myagdi Tourism
» धोडेपानी तथा पुनहिल
» Hot spring Tourism
» अन्ध गल्छी
» ताल तथा पोखरीहरु
» Mountaineering : Annapurna Conservation Area
» Cultural and Relegious Tourism
» पुलत्स्यको आश्रम
» ढोरपाटन शिकार आरक्ष
» महारानी स्थान
» मुक्तिनाथ तथा मुस्ताङ प्रवेशद्धार
» कला संस्कृती
» तातोपानीमा नाङ्गै-भुतुङ्गै डुबुल्की
» गुर्जा गाउँ ( टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैन)
» Trekking into Myagdi
» Rivers (Rafting/Kayaking / Canoeing)
» Other Potentiality for Adventure Tourism
» Sight Seeing and Village Tourism
» Eco-Tourism
» Historical Tourism
» कालीगण्डकी
» रुप्से छहरा
» ढोरपाटन शिकार आरक्ष
  Myagdi Fair Festival
  News & Events
  Myagdi Litreture
  Myagdi Mahotsav 2065

Heart full of Condolence to Late Girija Pd. Koirala

Late Girija Pd. Koirala

Myagdi Chamber of Commerce & Industries Family



 
गुर्जा गाउँ ( टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैन)
 

म्याग्दी नदीका असंख्य खोंच र गल्छीका विकटतासंगै धौलागिरि हिमश्रृखलाको दन्तलहरीमा पर्ने चुरेन र गुर्जा हिमालको जरोमा अवस्थित एउटा जिवित मानव संग्राहलय अर्थात गुर्जा गाउँ। टुप्पीदेखि माथी ठाउँ छैन, गुर्जादेखी माथी गाउँ छैनु भन्ने उखानबाट चिनिन्छ गुर्जा गाउँ लाई। जिल्लाको सवै भन्दा टाढाको यो गाउ छन्त्याल जातीको सवैभन्दा ठुलो वस्ती पनि हो।

समुद्र सतहबाट ३२ सय २० मिटर उचाईमा अवस्थित गुर्जा गाउँको वाषिर्क औसत तापक्रम ८डिग्री सेल्सियस मात्र रहन्छ। बर्षरिमा करिव ५ महिना बाक्लो हिउँको सिरकले छोपिने यस गाउँमा जव हिमपातको समय हुन्छ तव पुरै गाउँ संसारको मानवसम्बन्धबाट विच्छेद हुन्छु। जम्मा जम्मी एक सय ४२ घरपरिवारले बसोबास गर्ने गुर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति हेर्ने सानो आँखी झ्याल पनि हो।

गुर्जा गाउँमा पुग्न सदरमुकाम बेनीदेखी कस्सिएर हिंड्दा पुरै तिनदिन लाग्छ। गुर्जावासीहरु गाई, भैसी,भेडा पालन गरि मकै, आलु र जौको उत्पादनबाट ६ महिना जीविकोपार्जन गर्ने गुर्जाबासीले बांकी समय बेसाहाको भरमा जीवन गुजारा गर्ने गरेका छन् । गुर्जाबाट सवैभन्दा नजिकको बजारमा दरवाङ्ग र्झन मात्र पुरै दुई दिन लाग्छ। गाउँमा एक निमावि तहको विद्यालय रहेको छ भने स्थानिय प्रयासमा गाउँभरी झिलिमिली बिजुली बत्ति बलेको छ।

पुरै गाविस एउटै गाउँ१ गुजुमुञ्च परेका परम्परागत शैलिका घर, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालहरुको वस्ती। गुर्जागाउँको जीवन जति रोचक छ त्यती नै कहाली लाग्दो पनि छ। गुर्जागाउँ पुग्न म्याग्दी जिल्लाकै लुलाङ्ग, मुदी गाउँ र बाग्लुङ्गको ढोरपाटन क्षेत्रबाट गरि जम्मा तिनवटा बाटाबाट झण्डै ३५ सय देखी ४ हजार मिटर उचाईका घनाजंगल भएको पहाड छिचोल्नु पर्छ। यो गुर्जावासीको अनिवार्य बाध्यता हो। 

एउटा सिंगै गाविस भएको गुर्जागाउँमा वस्तीबाहेकका भुभागमा वडा विभाजन नै गरिएको छैन्। धौलागिरि पदयात्रा मार्गमा पर्ने यस गाउँलाई 'पर्यटन गाउं'को रुपमा विकास गर्नुपर्ने देखिन्छ।

विचित्र-विचित्रका हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संगोलले भरिपूर्ण गुर्जागाउँमा अझैपनि प्राचिन समाजका अवशेष भेट्न पाईन्छ। जहाँ जे बाली पाक्छ त्यही नै वसोवास गरि अर्कोवाली खान अर्को वसोवास सार्ने परम्परा गुर्जागाउँमा अझै जिवित छ।

 
प्रतिक्रिया पठउनुहोस्। [PRINT] [BACK]