संसारकै सबभन्दा गहिरो गल्छी अन्ध गल्छीमा अवस्थित तातोपानी पर्यटकहरु रिल्याक्स गर्ने थलोको रुपमा प्रख्यात छ । बर्षोनी हजारौं बिदेशी पर्यटकहरुले यहाा डुबेर आनन्द लिन्छन् । नाङ्गै-भुतुङ्गै भएका पर्यटकले तातोपानीको पोखरीभित्रै प्रियसीसंग चुम्बन गर्दै चीसो वियरको चुस्कि लिईरहेको सामान्य लाग्छ । तातोपानीको पोखरी सफा हुनाको साथै पर्यटकले इच्छाए अनुसार चिसो पानी मिसाउन पाईन्छ ।
यहाँको तातोपानी पुग्न सदरमुकाम देखी उत्तरतर्फ तिप्ल्याङ्ग सम्म जीपमा डेढ घन्टा हुंईकिएपछि दुई घन्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ । अन्ध गल्छीको तातोपानी भुरुङ्ग तातोपानी गाविस-।। वडामा पर्छ । अन्नपूर्ण र धवलागिरी पदयात्राको संगम स्थल तथा मुस्ताङ्ग प्रबेश गर्ने एक मात्र भूमार्गमा पर्छ । यहां साना ठुला गरि झण्डै ४० सुविधा सम्पन्न होटलहरु छन् । यहाँ प्राथमिक उपश्वास्थ्य चौकी, हुलाक र विद्यालय पनि छन् । होटलबाहेक यहाँ स्नुकर हाउस जस्ता आधुनिक खेल खेल्न पनि पाईन्छ । तातोपानी बजारमा राम्रो सुन्तला खेती पनि हुन्छ।
बिरेनुनको ह्वास्स गन्धसंगै जमिन मुनीबाट निस्कने पानीमा पुगेर हातखुट्टा चोपल्दा एक भल्कोउमालेको पानीले झै च्वात्त पोल्छ । मंसिर देखी जेठ सम्मको मौसमलाई तातोपानी डुब्ने उपयुक्त मौसम मानिन्छ । जाडोमौसममा नुहाउन आउनेहरुपनि धेरै पाईन्छन् ।
यहाँको जस्तै तातोपानी जिल्लाका अरु बिभिन्न ६ ठाउँमा पनी रहेका छन् । छिमेकी घार गाविसको रातोपानी भन्ने ठाउंमा पनि तातोपानी पाईन्छ । यो तातोपानीको पोखरी बिशेषतः रोग सन्चो गर्ने प्राकृतिक अस्पतालको रुपमा परिचित छ । यहाँको तातोपानीको तापक्रम तापक्रम ६०-६५ डिग्री सेल्सीयस रहेको छ। |