म्याग्दी अधिकांश मगर जातिहरुको बसोबास भएको क्षेत्र हो । जनजातिको रुपमा आफुलाई चिनाउने मगरहरुको छुट्टै र आफ्नै खालका जातिय पहिचान दिने रितीरिवाज तथा संस्कारहरु छन् । गुर्जामा रहेका छन्त्याल जातिहरुको संख्या नेपालमा एकदमै कम छ । उनीहरुको भाषा तथा जातिय संस्कार पर्यटन रुचीका विषय बन्न सक्छन् । त्यसका साथै बौद्ध संस्कारलाई अंगालेका थकालीहरुको जातिय स्रस्कारलाई पनि अध्ययनका विषय बन्ने गरेका छन् । सदरमुकाम बेनीमा मात्र सीमित भएर पनि नेवार जातिहरुले आफ्नो छुट्टै पहिचान दिने कलासंस्कृतीलाई जोगाइ राखेका छन् । |