हिन्दुहरुको महत्वपूर्ण तिर्थस्थलको रुपमा रहेको मुक्तिधाम प्रवेशको मुख्य मार्ग बेनी हो । प्राकृतिक हिसावले समेत महत्वपूर्ण रहेको मुस्ता· जिल्लाको मुक्तिनाथ दर्शनका लागि वर्षेनी हजारौ यात्रुहरु आउने गर्दछन् । पोखरावाट हवाई मार्ग मार्फत पर्यटकहरु त्यसक्षेत्रको भ्रमणमा जाने गरेको भएता पनि समयमा नै हवाई टिकट उपलब्ध नहुने र बढी खर्चिलो हुने हुदां म्याग्दी हुदै त्यस क्षेत्र जाने स्थल मार्ग उपर्युक्त विकल्प देखिन्छ । त्यसकारण त्यस क्षेत्र प्रवेशको मुख्य द्वारको रुपमा म्याग्दी रहेको छ । साथै स्थलमार्गवाट जांदा यतिधेरै सुन्दर स्थानहरुको दृष्याबलोकन गर्न सकिन्छ जुन हवाई मार्गको भ्रमणवाट सम्भव छैन । |