बेनी बजारदेखि झण्डै आधा घण्टाको दुरीमा पश्चिम तर्फ रहेको महारानी स्थान धर्मप्रति आस्था राख्नेहरुको लागि महत्वपूर्ण दर्शन स्थल हो । ऐतिहासिक महत्व बोकेको यस देवस्थलमा मंगलवार र शनिवार दर्शनार्थीहरुको घुइंचो लाग्ने गर्दछ । आफूले मागेको चिज पुरा हुने विश्वासका साथ जिल्ला वाहिरका समेत सयौं दर्शनार्थीहरु यस देवस्थलमा पूजाआजाका लाग आउने गर्दछन् । यसै देवस्थलसंग पौराणिक सम्बन्ध गांसिएको बेनीको शिवालय मन्दिर पनि हेर्न नविर्सने मन्दिर हो । सानो तर सुन्दर यस मन्दिरको गजुर रुपी विशाल बरपिपलको रुख हेर्दा छक्क नपर्ने कमै हुन्छन । |