धार्मिक तथा ऐतिहासिक दृष्टिकोणवाट समेत म्याग्दीलाई चिनाउन सकिन्छ । म्याग्दीको मुख्य धार्मिक तथा ऐतिहासिक सम्पदामा सुचिकृत स्थलहरुको प्रचार प्रसार गर्न सके थुपै्र आन्तरिक तथा वाहृय पर्यटक भित्राउने सम्भावना देखिन्छ । साथै छुट्टै खालका सांस्कृतिक विशेषता बाकेका जातिहरुको जातिय पहिचान झल्कने खालका सांस्कृतिक परम्पराहरु समेत म्याग्दीमा हेर्न लायकका छन् । |