Myagdi Chamber of Commerce and Industries wish Happy Holi 2010 to all its well wishers and family members. May this holy bring colourful prosperity to everybody life.
Myagdi Chamber of Commerce and Industry
Welcome to Myagdi Chamber of Commerce & Industries.
म्याग्दी उद्योग वाणिज्य संघले उद्योग, व्यापार व्यवसायको प्रवर्द्धन र विकासमा संस्थागत योगदान पुर्याएकोमा मिति २०६४ जेष्ठ २० र २१ गते सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको ४१ औं वाषिर्क साधारण सभाको पावन अवसरमा संसदिय सभाका सम्माननीय सभामुख सुवास नेम्वाङ्ग ज्यूको वरद् वाहुलीबाट पश्चिमाञ्चल विकास क्षेत्रका 'घ' वर्गका उद्योग वाणिज्य संघहरु मध्येबाट म्याग्दी उद्योग वाणिज्य संघलाई सम्मान प्राप्त भएकोछ ।
म्याग्दी जिल्लाको पश्चिमी भागमा रहेका गुर्जा गा.वि.स.मा ढोरपाटन शिकार आरक्ष अवस्थित छ । यो शिकार आरक्ष बाग्लु· र डोल्पा जिल्लाका सीमानासंग जोडिएको छ । यो नेपालको राम्रेा सिमसार क्षेत्रहरुमध्ये एक यस आरक्ष लोपोन्मुख थुप्रै जनावर तथा पंक्षीहरुको आश्रय स्थल हो ।
‘बेनीको बजार, जतामायाँ उतै छ नजर, किरेमिरे जाले रुमाल’ हो, तिनै मायाँलुहरुको प्यारो आगन बेनी बजारमा गत माघ पहिलो साता म्याग्दी महोत्सब सम्पन्न भएको छ ।
दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रुपमा कुँदिएको बेनी बजार पवित्र काली र मंगला नदीको संगमस्थल हो। बेनी बजार पुग्ने जो कोही गुनगुनाउँछ (बेनीको बजार जतामायाँ उतै छ नजर, किरेमिरे जाले रुमाल) चर्चित लोकगायिका मनमायाँ छन्त्यालले गाएको यो गीत स्थानिय जनजिब्रोमा राम्रौ भिजेको छ। म्याग्दी सदरमुकाम बेनी बजारको क्षेत्रफल सानो भएपनी इतिहास भने लामो छ। कुनै बेला भारत-भोट व्यापारको केन्द्र रहेको बेनी समृद्ध चौविसे राज्य पर्वतको राजधानी थियो। चौविसे राज्य पर्वतको राजधानी रहेको समयावधिलाई यो बजारको स्वर्णकाल मानिन्छ।
स्थानिय उद्योग व्यापार र कलाको विकास गरि पर्यटन पर्बर्द्धन एवं संस्कृतिको संरक्षण गर्ने उद्देश्य र परम्परागत रुपमा लाग्दै आईरहेको माघे संक्रान्ति मेला लोप हुदै गैरहेको अवस्थामा मेला जगाउने उद्देश्यका साथ विगतका बर्षरुमा म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा माघे संक्रान्ति मेला कै अवसर पारेर महोत्सव एवं मेलाको आयोजना गरिदैं आइरहेको छ ।
कालीको तटमा छ एक नगरी बेनी छ यो नाम नै छन् भव्यै भवन असंख्य वलिया विख्यात यो धाम नै । म्याग्दी नामक त्यो रही जनपदै नेपाल प्रख्यात छ छन् राम्रा कसिला शतायु जनता, उल्लेख्य सौर्न्दर्य छ ।।१